Copa America 2019 Live Streaming Details and Fixtures

Lionel Messi included in Argentina's squad

मनाङ आज (आइएसएल) च्याम्पियन चेन्नाइयिनसँग भिड्दै !

मनाङ आज (आइएसएल) च्याम्पियन चेन्नाइयिनसँग भिड्दै !

एएफसी कप अन्तर्गत नेपालको लिग बिजेता मनाङ–मस्र्याङ्दी क्लबले (आइएसएल) च्याम्पियन चेन्नाइयिनसँग भिड्दै छ। सो खेल नेपाली समयअनुसार साझा ७:४५ बजे सुरु हुनेछ। चेन्नाइयिनको घरेलु मैदानमा हुने सो खेलमा मनाङको लक्ष्य ३ अंक रहेको छ।

खेल भारतको अहमवादस्थित एरेना रंगशालामा हुनेछ। मन्नङ मर्श्यङ्दीले नेपालमै भएको पहिलो खेलमा बंगलादेशको ढाका अवहानी लिमिटेडसँग १–० को हार ब्यहोर्न परेको थियो।

एएफसी कपको समुह इमा नेपालको मनाङ सहित बंगलादेशको ढाका अवहानी लिमिटेड र भारतको चेन्नाइयिन र मिनेर्भा पन्जाब रहेको छ। हरेको समुहबाट शिर्ष एक टोली अर्को चरण प्रबेश गर्नेछ। साथइ, कुनै कुनै चार उत्कृष्ट रनर अप पनि अर्को चारण पुग्नेछ।

राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको मनाङसँग नेपाली लिग फुटबलमा छरिता स्ट्राइकर ओलावाले आफिजको साथ पाएपनि मुख्य समस्या स्ट्राइकिङ नै हो । यसलाई सुधार्न जरुरी छ ।

मनाङको टोली:
गोलरक्षकः विशाल श्रेष्ठ, दिप कार्की, अशोक बराल
डिफेन्डरः विराज महर्जन (कप्तान), कमल श्रेष्ठ, सुरज विक, देवेन्द्र तामाङ, प्रवेश दनुवार, अजिज शाहिद, मुहमद आसिफ
मिडफिल्डरः अन्जन विष्ट, सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, शिव श्रेष्ठ, अभिषेक रिजाल
फरवार्डः आफिज ओलावाले ओलाडिपो, आडेलाजा सोमिडे, विमल राना

एएफसी कप समूह चरण खेल तालिका
१ मे – विरुद्ध मिनेर्भा पन्जाब – कालिंगा रंगशाला
१५ मे – विरुद्ध मिनेर्भा पन्जाब – एन्फा कम्प्लेक्स
१९ जुन – विरुद्ध अबहानी लिमिटेड – बंगबन्धु रंगशाला
२६ जुन – विरुद्ध प्लेअफ विजेता – एन्फा कम्प्लेक्स

Comments
admin
ADMINISTRATOR
PROFILE

Advertisement

Latest Posts

Advertisement

Comments