Loading...

नेपाली राष्ट्रिय फूटबल टोलीले चाइनिज ताइपेइसँग मैत्रिपूर्ण खेल खेल्ने !

नेपाली राष्ट्रिय फूटबल टोलीले चाईनिज ताइपेइ विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । फिफा वरियतामा चाईनिज ताइपेइ नेपालभन्दा निकै माथि रहेको छ।

चाईनिज ताइपेइ १२५ औ स्थानमा रहेको छ। नेपाल भने १६१ औ स्थानमा यथवत छ। चाईनिज ताइपेइले नेपाल बिरुध मैत्रिपूर्ण खेल खेल्ने प्रस्तावलाई एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले स्वीकृति दिएको हो। एन्फाबाट भने यसबारे जानकारी आउन बाँकी छ।

नेपालले गत महिना मात्र कतारबिरुद २ मैत्रिपूर्ण खेल खेलेको थियो। अधिकान्श पहिलो रोजाइका खेलाडी नभएको नेपाली टोलीले एकमा हार र एक खेल बराबरी खेलेको थियो।

नेपाली फुटबल टोलीले सन् २०२२ को फिफा विश्वकप छनौट र २०२३ को एएफसी एसियन कप छनौटको लागि तयारी शुरु गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *