Loading...

दोस्रो मदन भण्डारी स्मृती फूटबल प्रतियोगिताको उत्घाटन खेलमा केयु बिजयी !

गत वर्ष,विश्वविद्यालय स्तरमा सर्वाधिक पुरस्कार राशी भएको मदन भण्डारी स्मृती फूटबल प्रतियोगिता सफलता पूर्वक
आयोजना गरेको अनेरास्वियु काठमाण्डौ विश्वविद्यालयले यस वर्ष पनि उक्त प्रतियोगितालाई निरन्तरता दिएको छ ।

शुक्रबार संघिय सांसद्को माननिय सांसद्नविना लामाको प्रमुख अतिथ्यता र अनेरास्वियुका वि वि केन्द्रिय क्याम्पस
कमिटी अध्यक्ष सुपुष्प लामाको सभापतित्वमा कार्यक्रमको उद्घाटन भएको छ ।

चौबिस टिमको सहभागिता रहने यस प्रतियोगिताको पहिलो खेलमा घरेलुटिम के यूमार्भेलले विजयी सुरुवात गरेको छ
। जनकपुर इन्जिनियरिङ्ग कलेज विरुद्घ खेलेको घरेलुटिमले २ – १ को गोल अन्तरले जित हात पारेको छ । के यू
मार्भेलको तर्फबाट पहिलो गोल विकल्प खड्काले गरे भने आसिस श्रेष्ठले दोस्रो गोल गर्दै जित दिलाएका थिए । म्यान
अफ द म्याचको पुरस्कार भनेजनकपुर इन्जिनियरिङ्ग कलेजका गोल किपरले पाएका छन्।

अब आइतबार हुने ३ खेलमा अमृत साइन्स क्याम्पस र के यूएस एम एस , बेलर कलेज र नेपाल कमर्स क्याम्पस ,
हिस्ट कलेज र कान्तिपुर इन्जिनियरिङ्ग कलेज बिच प्रतिस्पर्धा हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *