Loading...

दोस्रो मदन भण्डारी कपको तयारी तिब्र !

आगामी जेष्ठ ३ गतेदेखी काठमाडौं विश्वविद्यालयमा हुन गईरहेको दोस्रो मदन भण्डारी मिमोरियल फूटबल प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको आयोजकको दाबी छ।

गत सालको भन्दा उत्कृष्ट बनाउने लक्ष्यका साथ उत्रेको आयोजक टोली अहिले निकै खटिरहेको देखिन्छ। यो पटक ३२ टोलीको लक्ष्य राखेकोमा २८ टोलीले दर्ता गरिसकेको बताइेको छ। पछील्लो साल १६ टिमले प्रतिस्पर्धा जनाएको थियो। विश्वबिधालय स्तरिय हुने सो प्रतियोगितामा टिम दर्ता गर्ने अन्तिम मिती बैशाख २९ रहेको छ।

जेष्ठ ३ देखी हुने सो प्रतियोगिताको पत्रकार सम्मेलन भने जेष्ठ १ गते हुनेछ।

अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटीसहित अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रिय मेडिकल क्यम्पस कमिटी र अनेरास्ववियु काठमाडौं विश्वविद्यालय ल क्याम्पस कमिटीको पहलमा हुने सो प्रतियोगिताको बिजेताले ५० हजार रुपैया हात पार्ने छ। त्यसइ गरी दोस्रो हुने टोलीले ३० हजार रुपैया पाउने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *