Loading...

दोस्रो मदन भण्डारी स्मृती कपको उत्घाटनमा केयु र जेइसी खेल्ने !

गत वर्ष,विश्वविद्यालय स्तरमा सर्वाधिक पुरस्कार राशी भएको मदन भण्डारी स्मृती फूटबल प्रतियोगिता सफलता पूर्वक आयोजना गरेको अनेरास्वियु काठमाण्डौ विश्वविद्यालयले यस वर्ष पनि उक्त प्रतियोगितालाई निरन्तरता दिने भएको छ ।

यस वर्ष झनै भब्य बनाउने उद्य्येश्यले तयारी शुरु गरेको आयोजकले, यसपालि २४ टिमले सहभागिता जनाउने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनबाट दिएको छ । कार्यक्रमको पूर्व तयारीको अवस्थाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा, तयारी अन्तिम चरणमा पुगेको र बाँकी काम २ गते सम्ममा सकिने जानकारीे कार्यक्रम संयोजक प्रविन ज्ञवालीले दिएका छन् ।

पत्रकार सम्मेलनसके लगतै गरेको गोला प्रथाबाट खेल तालिका बनाइेको थियो। ३ गते हुने उत्घाटन खेलमा आयोजक काठमन्डौ विश्वबिद्यालय ‘मार्भेल’र जनकपुर ईन्जिनियरिङ कलेज बिच हुनेछ।

दर्ता शूल्क दश हजार रहेको प्रतियोगितामा विजेताले नगद रु पचास हजार हात पार्ने छन् भने उप–विजेताले रु तीस हजार हात पार्ने छन् । जेठ ३ गते देखि का वि वि खेल मैदान, धुलिखेलमा आयोजना हुने प्रतियोगिता जेठ १७ गते सम्म चल्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *