Loading...

एएफसी कप अन्तर्गत आज मनाङले मिनेर्भा पन्जाबको सामना गर्दै !

एएफसी कप २०१९ को पहिलो दुवै खेलमा पराजित भएको नेपाल लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लब आज भारतीय आइ लिग च्याम्पियन मिनेर्भा पन्जाबको सामना गर्दै छ। नेपाली समयअनुसार साझा ६:४५ बजे सुरु हुने सो खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ ।

समुह ‘इ’ मा रहेको दुवै टोली आफ्नो पहिलो जितको खोजिमा रहेको छ। मनाङले घरेलु मैदान मै बंगलादेशको लिग बिजेता अवहानी लिमिटेडसँग १–० ले पराजित भएको थियो। त्यसैगरी दोस्रो खेलमा मनाङ आइएसएल बिजेता चेन्नइयिन फुटबल क्लबसँग २–० ले पराजित भएको थियो ।

मिनेर्भा पन्जाबभने अपराजित रहे पनि पहिलो जितको खोजीमा रहने छ। दुवै खेल बराबरी खेलेको पन्जाव तेस्रो स्थानमा रहेको छ।

मनाङ–मस्र्याङ्दी आजको खेलमा मिनेर्भा पन्जाब बिरुद स्पष्ट जितको लक्ष्यसहित मैदान उत्रने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *