Loading...

पहिलो स्थानमा रहेको सन्दिपको दिल्लीले दोस्रो स्थानको चेन्नाइको सामना गर्दै !

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सन्दिप लामिछाने सम्मिल्लित टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सको सामना गर्दै छ। चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा हुने खेल नेपाली समय अनुसार बेलुका ८ : १५ बजे सुरु हुनेछ।

चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स दुवै टोली प्ले अफमा स्थान बनाइसकेका छन। यधपी सिर्ष दुईमा पर्ने भने निस्चित भईसकेको छैन। त्यसैले, शिर्ष दुईमा स्थान पक्का बनाउनु दुवै टोलीको लक्ष हुनेछ। दिल्लीलाई घरेलु मैदान मै पराजित गरेको चेन्नाइ आज पनि जित हात पार्ने दाउमा रहने छ।

१२ खेलमा ८ मा जित र ४ मा हार ब्यहोरेको दुनै टोलीको समान १६ अंक रहेको छ। तर नेट रन रेटमा चेन्नाइलाई पछी पार्दै दिल्ली शिर्ष स्थानमा रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *