Loading...

दिल्लीले आज मुम्बईको समाना गर्दै, सन्दिपको टिममा पर्ने सम्भावना कती ?

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को ३४ औं खेलमा आज सन्दिप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सको सामना गर्दै छ।

नेपाली समयअनुसार बेलुका ८:१५ मा हुने सो खेल दिल्लिको घरेलु मैदान फिरोज शाह कोटलामा हुनेछ। यसअघी मुम्बईको घरेलु मैदानमा भएको खेलमा दिल्लीले मुम्बईलाई ३७ रनले पराजित गरेको थियो। ८ खेल खेलिसकेको दिल्ली अहिले लिगको दोस्रो स्थानमा छ। ५ खेल जितेको दिल्ली ३ खेलमा पराजित भएको थियो।

सन्दीपको संभावना !

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला स्पिनरलाई उपयोगी हुने मैदान हो। यधपी, सन्दिप लामिछानेले आज पनि खेल्न पाउने सम्भावना निकै न्युन देखिन्छ। तेस्रो खेलदेखी सन्दिपलाई मौका दिइएता पनि उनले सोचेअनुरुप प्रदशन नदिएपछी उनको स्थानमा किमो पउललाई खेलाएको थियो।


पउलले पहिलो खेलमा केही महँगो साबित भएता पनि दोस्रो खेलमा निकै उत्कृष्ट प्रदशन गरे। हैदरावादविरुद्ध खेलमा म्यान अफ दि म्म्याच चुनिएका किमोले ४ ओभरमा ३ विकेट लिदै १७ रन मात्रा खर्छेका थिए।

दिल्लीले स्पिनरको रुपमा अमित मिश्रालाई खेलाउने लगभग पक्का देखिन्छ । जारी आइपीएलमा चार खेल मात्र खेलेका सन्दिपले ५ विकेट लिएका छन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *