Loading...

टेष्ट राष्ट्रलाई उछिन्दै टी-ट्वान्टी वरियतामा नेपालले ठुलो फड्को !

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले प्रकाशित गरेको नयाँ टि-२० वरियतामा नेपाली क्रीकेट टोलीको स्थान एक्कासी माथि उक्लिएको छ। गत महिनासम्म १४ औ स्थानमा रहेको नेपाली टोली यस महिना भने ११ औ स्थानमा आएको छ।

टेस्ट राष्ट्र आयरल्यान्ड र जिम्बाबेलाई समेत नेपालले उछिनेको छ। त्यसैगरी एसोसियट राष्ट्रहरुमध्ये नेपाल सिर्ष स्थानमा रहेको छ।

नेपालको कुल अंक २१२ रहेको छ भने १० औ स्थानमा रहेको बाङ्लादेशको २२० अंक रहेको छ। त्यसैगरी १२ औ स्थानमा रहेको स्कट्ल्यान्डको १९९ अंक छ।

नयाँ बरियता अनुसार पाकिस्तान पहिलो,साउथ अफ्रिका दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन् । अष्ट्रेलिया चौथो र भारत पाँचौ स्थानमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *