Loading...

चेन्नाइ बिरुध दिल्ली: यस्तो छ सन्दिप लामिछानेलाई खेलाउने सम्भावना

प्ले अफमा स्थान बनाइसकेको दिल्ली क्यापिटल्स र चेन्नाइ सुपर किङ्स आज आमने सामने हुँदै छ। दिल्लीको खेल हुने दिन हरेक नेपालीमा उठ्ने एउटै मात्रा प्रश्न रहेको हुन्छ, “के आज सन्दिपलाई खेलाउला त ?”

१२ खेल सकिदासम्म सन्दीप लामिछानेले ६ खेल मात्र खेल्न पाए। सो ६ खेलमा लामिछानेले ८ विकेट लिएका छ। जारी आइपिएलमा सन्दिपले सोचेअनुरुपको प्रदशन दिन सकेका छैनन। पछील्लो खेलमा बेंगलोरविरुद्ध ३ ओभरमा ३६ रन खचेका थिए। त्यसैले पनि आजको खेलमा सन्दिपलाई समाबेश गर्ने सम्भावना निकै न्युन देखिन्छ।

एक खेलमा ४ बिदेशी खेलाडीको कोटा रहने गर्छ। त्यसमध्ये कागिसो रबडा निस्चित छन। त्यसइगरी मिडिल अडरका कोलिन इनग्रामको पनि उच्च संभावना देखिन्छ । पछील्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका शेरफेन रदरफोर्ड पनि टिममा समाबेश हुने निस्चित देखिन्छ। चौथो बिदेशी खेलाडीको रुपमा क्रिस मोरिसको सम्भावना प्रबल देखिन्छ। किमो पल र सन्दिप लामिछानेको सम्भावना अली कम नै देखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *