Loading...

चार नेपाली खेलाडी क्यारेबियन प्रिमियर लिगको ड्रफ्टमा !

वेष्ट इन्डिसमा हुने क्यारेबियन प्रिमियर लिग(सीपीएल) को यस सिजनको ड्राफ्टमा चार नेपाली खेलाडी परेका छन। बुधवार सार्वजनिक गरेको ड्राफ्टको सुचीमा चार नेपाली खेलाडीसहित ५ सय ३६ खेलाडी छन।

गत: सिजन पनि खेलेका सन्दीप लामिछाने सहित युवा अलराउण्डर दिपेन्द्र सिंह,तीब्र गतिका बलर सोमपाल कामी र रोहित कुमार पौडेल ड्राफ्टमा पर्न सफल भएका छन् ।

२२ मे लन्डनमा हुने अक्सनमा कुल २० ओटा देशका खेलाडीहरु रहेका छन।

सिपीएल आगामी जुलाई ११ देखी अगस्ट १६ सम्म चल्नेछ। भर्खरै आइपिएलमा दिल्लीबाट खेलेका सन्दिप नेपाल फर्किसकेका छन। उनको टोली दोस्रो क्वालिफायरमा चेनाइसँग पराजित भएको थियो।

सन्दिपले यो पटक पनि सिपिएल खेल्ने लगभग निस्चित भएता पनि अरु तीन नेपाली खेलाडीको सम्भावना न्युन देखिन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *