Copa America 2019 Live Streaming Details and Fixtures

Lionel Messi included in Argentina's squad

आइसिसी एकदिवसीय वरियतामा माथि उक्लियो नेपाल !

आइसिसी एकदिवसीय वरियतामा माथि उक्लियो नेपाल !

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आइसिसी) को एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल माथि उक्लिएको छ । गत: महिना वारीयताको १५ औ स्थानमा रहेको नेपाली टोली अहिले आईसीसीले जारि गरेको ताजा वरियतामा १४ औं स्थानमा रहेको छ।

जनवरीमा खेलिएको एकदिवसीय सिरिजमा नेपालले युएइलाई उसैको घरमा २-१ ले पराजित गरेको थियो। सो सिरिज पछी नेपालले कुनै पनि एकदिवशिय खेल खेलेको छैन। त्यसैगरी यही हप्ता सम्पन्न युएइको जिम्बाबेसंगको सिरिजमा ४-० ले पराजित भएको थियो। त्यसैले पनि नेपाल वरियतामा माथि उक्लेको हो।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले अहिलेसम्म जम्मा ६ वटा मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ। त्यसमध्ये नेपालले ३ खेल जितेको थियो भने ३ मा हार ब्यहोरेको थियो। सो क्रममा नेपालले जम्मा २ देशसँग मात्र एकदिवशिय खेल खेलेको छ। नेदरल्याण्डसंग २ र युएइसँग ४ खेल खेलेको नेपालले नेदरल्याण्डलाई एकपटक पराजित गरेको थियो र युएइलाई २ पटक।

नेपालको १५२ अंकरहेको छ र १५ रेटिंग अंक छ। त्यसैगरी १५ औ स्थानमा रहेको युएइको ६७ अंक छ र १४ रेटिंग अंक छ। १६ औ स्थानमा भने नेदरल्याण्ड रहेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ। दोश्रो भारत, तेश्रो न्युजिल्याण्ड, चौथो दक्षिण अफ्रीका, पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ। यस्तै पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्थान, जिम्बाबे, आयरल्याण्ड, स्कटल्याण्ड क्रमश छैठौं देखि १३ औं स्थानमा रहेका छन्।

आईसीसीको टि-२० अन्तर्राष्ट्रिय वरियतामा पनि नेपाल १४ औं स्थानमा रहेको छ। १५ टि-२० अन्तरराष्ट्रिय खेल खेलेको नेपालले ५ मा जित ९ खेलमा हार बेहोरेको छ भने एक खेल नतिजाविहिन रहेको थियो।

Comments
admin
ADMINISTRATOR
PROFILE

Advertisement

Latest Posts

Advertisement

Comments