विश्वकप छनोटको लागी अन्तिम टोलीको घोषणा !

फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ अष्ट्रेलिया विरुद्ध भिड्ने नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली घोषणा गरिएको छ ।

नेपालले विश्वकप छनौटतर्फ आउँदो अक्टुबर १० तारीखका दिन क्यानबेरा स्थित जियो स्टेडियममा अष्ट्रेलिया विरुद्ध खेल्दैछ । सो खेलका लागि खुला गरिएको अधिकांश टिकट पनि नेपाली समर्थकहरुले खरिद गरिसकेका छन् ।

स्मरण रहोस, नेपाली टोली अष्ट्रेलिया एक साता अघि नै जाँदैछ । साथै टोलीले त्यहाँ अभ्यास क्याम्प पनि सञ्चालन गर्नेछ । त्यसका लागि त्यहाँ रहेको एन्फा अष्ट्रेलियाले आवश्यक व्यवस्था समेत मिलाएको छ ।

नेपाली टिम :

गोलकिपर्स : किरन चेम्जोङ, बिकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर्स : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर्स : सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, बिशाल राई, रोहित चन्द

फरवार्डस : बिमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *