रोनाल्डोको गोलमा युभेन्टस विजयी

पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्टसले इटालियन सिरी ‘ए’ मा विजयी भएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालई २–१ ले पराजित गरेको हो ।

अर्काे एक गोल मिरालेम पिजानिकले गोल गरे । पाहुना टोलीका डानिलोले सान्त्वना गोल फर्काए । एलिनाज स्टेडियममा खेलको १९औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले शुरुवाती अग्रता बनाएको थियो । तर, युभेन्टसको त्यो अग्रता लामो समय टिकेन । २४औं मिनेटमा डानिलोले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

५४औं मिनेटमा मिरालेम पिजानिकले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस विजयी हुन सफल भयो । खेलभन्दा अघि रोनाल्डोले आफ्नो करियरको ७०० गोल अंकित जर्सी सार्वजनिक गरेको थियो ।

जितसँगै युभेन्टस ८ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बोलोग्ना ९ अंक जोडेर १२औं स्थानमा छ । १८ अंक जोडेको इन्टर मिलान दोस्रो स्थानमा छ ।

हाम्रो खेलकुदबाट सभार
Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *