मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नेपाल आउने

इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टिम नेपाल आउने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमसँग सिरिज खेल्न एमसीसीको टिम नेपाल आउन लागेको हो । एमसीसीको टिम कात्तिक १६ गते नेपाल आईपुग्ने छन् ।

कात्तिक २६ सम्म नेपालमा रहने एमसीसीको टिमले नेपालको राष्ट्रिय टिम र यू-१९ टिमसँग सिरिज खेल्ने राष्ट्रिय टिमको म्यानेजर रमन सिवाकोटीले जानकारी गराए ।

एमसीसीको टिमले यू–१९ टिमसँग टी–ट्वान्टी खेल्नेछ । यस्तै सिनियर टिमसँग एक दिवसीय र तीन दिवसीय खेल खेल्नेछ । त्यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी– ट्वान्टी खेल खेल्नेछ ।

त्यसपछि एमसीसीको टिमले पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ । नेपाली क्रिकेट विकासको लागि तयार गरेको  लिगेसी टुर अन्तर्गत एमसीसी नेपाल आउन
लागेको हो । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *