बिस्वकप छनोटको खेल दशरथ रंगशालामा हुने-नहुने अझै अन्योलमा !

पूर्ननिर्माणको काम समयमा नसकिने सम्भावना बढ्दै गएपछि नेपाल र कुवेतबीच मंसिर पहिलो साता दशरथ रंगशालामा हुने भनेको खेल शंकामा परेको छ । यद्दपी एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबारसम्ममा रंगशालामा खेल हुने नहुने अन्तिम निर्णय लिने श्रोतले बतायो ।

एएफसीका कम्पिटिसन कमिटीका प्रतिनिधिले रंगशाला पूर्ननिर्माण समयमा हुनेमा शंका व्यक्त गरेका थिए । उनले बुझाउने प्रतिवेदनकै आधारमा कमिटीले निर्णय लिने बताएको छ ।

‘दशरथ रंगशालाको निरिक्षणपछि उनी खासै सन्तुष्ट हुन सकेको देखिएन ,’ श्रोतले भन्यो,‘ विकल्पका रुपमा एन्फा कम्प्लेक्स र हलचोकस्थित एपिएफको मैदान देखाएका थियौं । एएफसीका प्रतियोगिता भएपनि विश्व कप छनोटका लागि भने ती प्रयोग गर्न लायक नभएको प्रष्ट पारे । नेपालमा हुने सम्भावना रंगशालामा मात्रै हो । तर, त्यसका लागि पूर्वाधारण तयार हुनुपर्दछ ।’

पूर्ननिर्माणको क्रम चलिरहेकाले प्रतिनिधि सन्तुष्ट हुन नसकेको श्रोतको बुझाई छ । साधारणतर्फको सिट जडानको काम अघि बढेपनि भिआइपीतर्फको प्यारापिट र चेन्जिङ रुपमा समयमा सकिनेमा प्रतिनिधिको मुख्य शंका थियो ।

‘अरु काम सकिनेमा उनी कन्भिन्स हुन सकेनन् ,’ श्रोतले भन्यो,‘ तर, अब थोरै समय बाँकी रहेकोले भिआइपीतर्फको छत तयार हुने र त्यसैको तलको चेन्जिङ रुप प्रयोग गर्नेमा उनी ढुक्क हुन सकेनन् ।’ पूर्ननिर्माणको काम दशरथ रंगशाला भित्र चलिरहँदा मुल ढोकापट्टी सामान र सरसफाइ सकिनेमा पनि उनी ढुक्क भएनन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७२ वैशाख १२ को भूकम्पपछि रंगशालामा कुनै पनि प्रतियोगिता नभएकाले कुवेतसँगको खेल न्युट्रल भेन्यूमा सार्नु नपरोस् भन्ने सोचमा छ ।

‘एन्फाले हाम्रा लागि यो खेल निकै महत्वपूर्ण हो र समयमा सबै काम सक्ने छौं भनेर हामीले कन्फिन्स गर्ने प्रयास गरेका छौं,’ श्रोतले भन्यो,‘ हाम्रो भनाईमा उनले गर्नैपर्छ भन्ने हुँदैन । उसले आफ्नो अध्ययन अनुसारको प्रतिवेदन बुझाउछन् ।’

विश्वकप छनोटअन्तर्गत नेपालले ४ वटा अवे खेल खेलिसकेको छ । बाँकी ४ खेल घरेलु मैदानमा खेल्नुपर्नेछ । त्यसमध्येको पहिलो खेल मंसिर ३ गतेका लागि रंगशालामा तय छ । यदि एएफसीले रंगशालामा गर्न मिल्दन भनेको खण्डमा न्यूट्रल भेन्युमा खेल हुने सम्भावना रहन्छ ।

अवे ४ मध्ये ३ खेलमा हारेको नेपालले एउटा खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । नेपालले अन्य खेलमा कुवेतसँग ७–०, अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को हार बेहोरेको थियो । दशरथ रंगशाला मंसिर १५ गतेदेखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियली खेलकुद (साग) को उद्घाटन, समापनलगायतका मुख्य आयोजना स्थल पनि हो ।

 

सभार: हाम्रो खेलकुदबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *