पारस र सन्दीपले इमर्जिङ कप नखेल्ने, टि-१० लिग खेल्न युएइ जाने

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र सन्दिप लामिछानेले बंगलादेशमा हुने इमर्जिङ एसिया कप नखेल्ने भएका छन ।

युएईको आबुदावीमा हुने टी–१० क्रिकेटका लागि पारस र सन्दिपले इमर्जिङ कप नखेल्ने भएका हुन । दुबैले क्यानमा इमर्जिङ कप खेल्न नभ्याउने भन्दै पत्र पठाएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए ।

प्रशिक्षकसँग अनुमति लिएर टि१० मा छनोट भएको हुँदा उता खेल्न पाउँ भनेर पत्र पठाएको उनले बताए । यो पटक पारस र सन्दीपलाई टि टेन खेल्न अनुमती दिने तर आगमी दिनमा भने नेपालको खेल हुँदा नदिने प्याकुरेलले जानकारी दिए ।

इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ । त्यस्तै टि टेन कात्तिक २९ देखी मंसिर ८ सम्म यूएईमा हुने छ । पारस अबुधाबी टिमबाट खेल्ने छन् । त्यस्तै सन्दीप कर्नाटक टस्कर्सबाट खेल्ने छन् । इमर्जिङ कपमा समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् । समुह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ रहेका छन् । नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *