नेपाल र जोर्डनको खेलको एनटिभी प्लसमा प्रत्यक्ष हेर्न पाइने !

विश्वकप छनोट अन्तरगत नेपाल र जोर्डनबीचको खेल एनटिभी प्लस एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । एनटिभी प्लस एचडीले एक साताअघि नेपाल र अष्ट्रेलियाबीचको खेलको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

एनटीभी प्लसले विश्वकपको प्रसारण अधिकार पाएको इंग्ल्यान्डको आइएमजी समूहसँग प्रसारण अधिकार लिदै प्रत्यक्ष प्रसारणको अधिकार लिएको हो ।

अनलाइन हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्: LIVE !

नेपाल र जोर्डनबीचको खेल जोर्डनस्थित अम्मान अन्तर्राष्ट्रिय रंगशालामा राति ९:४५ बजे सुरु हुनेछ । बलियो जोर्डनविरुद्ध नेपाल अंक खोस्ने लक्ष्यमा हुनेछ ।

समूह चरणको तीन खेल सकिदा नेपाल ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । अपराजित जोर्डन २ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ ।

हाम्रो खेलकुदबाट सभार
Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *