नेपाली राष्ट्रिय फूटबल टोलीले इङ्ल्यान्ड सि टिमसँग मैत्रिपूर्ण खेल खेल्ने

अखिल नेपाल फूटबल संघ(एन्फा) ले नेपाली राष्ट्रिय फूटबल टोलीको इङ्ल्याण्ड सि टिमसँगको भेट तय गरेको छ। सो मैत्रिपूर्ण खेल २०२० मे २५ मा इङ्ल्यान्डमा नै हुनेछ।

त्यसैगरी नेपालले अर्को महिना म्यानमारसँग पनि मैत्रिपूर्ण खेल खेल्ने भएको छ। सो खेल नोभेम्बर ७ मा म्यानमारमा हुनेछ।

विश्वकप छनोट अन्तर्गत नेपालले दशरथ रंगशालामा १९ नोभेम्बरमा होम खेल खेल्ने भएको छ । नेपाल कुवेतसँग उसैको घरेलु मैदानमा ७–० गोल अन्तरले पराजित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *