टि२० विश्वकप छनोटमा सिङापुरद्वारा बलियो स्कट्ल्याण्ड पराजित !

यूएईमा आजदेखी सुरु भएको आईसीसी टि२० विश्वकप छनोटमा सिंगापुरले स्कटल्यान्डमाथि २ रनको रोमाञ्चक जित निकालेको छन।

आइसीसी क्रिकेट एकेडेमी मैदानमा १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । स्कटल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा ८ रन चाहिएको थियो । तर अन्तिम ओभरमा ३ विकेट गुमाउँदै ५ रन मात्रै जोडेपछि स्कटल्यान्ड झिनो अन्तरले पराजित हुन पुगेको हो ।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्शेले ४६ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै कप्तान काइल कोट्जर ३८,कलुम म्याकलेड ४४, टिम सोेले ११ रन जोडे ।

सिंगापुरको लागि विजय कुमारले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सिद्धान्त सिंह र अमजद महबुबको नाममा समान २ विकेट रह्यो । त्यस अघि टस हारेर ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।

सिंगापुरको लागि ओपनर सुरेन्द्रन चन्द्रमोहनले ५५ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । अरित्रा दत्तले १५ बलमा ३ छक्का र १ चौका सहित ३२,टिम डेविड १,मनप्रित सिंह २६ र जनक प्रकाशले २० रनको योगदान दिए ।

स्कटल्यान्डका लागि जोश डेभी र सफ्यान शरीफको नाममा समान २ विकेट रह्यो । सिंगापुरले आइतबार बर्मुडासँग खेल्ने छ । त्यस्तै स्कटल्यान्डले सनिवार केन्यासँग खेल्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *