किरण चेम्जोङ आइ-लिग खेल्न फेरी भारत जादै !

राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारत गएका छन् ।

भारतीय घरेलु फुटबल लिग खेल्न उनी त्यसतर्फ लागेका हुन् । आई–लिगको टोली मिनर्वा पञ्जावमा अनुबन्धित भएका किरण राष्ट्रिय टोलीको लागि अष्ट्रेलिया र जोर्डन विरुद्धको खेल सकाएर भारत हिंडेका हुन् ।

आई–लिगको व्यस्त तालिकाको कारण भारतमा लामो समय बिताउने किरणले विश्वकप छनोट अन्तर्गतका घरेलु मैदानमा हुने खेलका लागि स्वदेश फर्किने बताएका छन् ।

किरणले आई–लिगमा खेल्न लागेको यो दोस्रो सिजन हो । यसअघि २०१७/१८ को सिजनमा पञ्जावबाटै खेलेका किरण सो सिजन जित्दाका महत्वपूर्ण सदस्य थिए । उक्त सिजनमा शादनदार प्रदर्शन गरेका किरणलाई पञ्जावले गत साउनमा पुनः अनुन्धित गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *