इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ को ड्राफ्टमा सन्दिप, मुल्य १ करोड ३९ लाख

आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने तय ‘द हन्ड्रेड’ (१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) को ड्राफ्टमा नेपालका युवा लगेस्पिनर सन्दीप लामिछाने परेका छन्।

आगामी २० अक्टोबरमा हुने खेलाडी छनोटका लागि सार्वजनिक गरिएको ड्राफ्टमा ११ देशका विदेशी खेलाडी पर्न सफल भएका छन्। ड्राफ्टमा सन्दीपसहित १६५ जना विदेशी खेलाडी छन्।

२० अक्टोबरमा हुने ड्राफ्टमा तलबको आधारमा खेलाडीलाई ७ क्याटागोरीमा वर्गीकरण गरिएको छ। खेलाडीले आफूले नै तलब निर्धारण गरेका थिए। खेलाडीका लागि १ लाख २५ हजार पाउन्ड, १ लाख पाउन्ड, ७५ हजार पाउन्ड, ६० हजार पाउन्ड, ५० हजार पाउन्ड, ४० हजार पाउन्ड र ३० हजार पाउन्ड मूल्य निर्धारण गरिएको छ। एउटा क्याटागोरीबाट १ टिमले २ जना खेलाडी राख्नु पर्ने नियम बनाइएको छ।

जसमा सन्दीपको १ लाख पाउन्ड (१ करोड ३९ लाख ७८ हजार रुपैयाँ) मूल्य छ। सन्दीपसँगै ७ विदेशी खेलाडीले १ लाख पाउन्ड मूल्य राखेका छन्। जसमा हरवजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्सवेल, रासिद खान, सकिब अल हसन, तमिम एकबाल, साहिद अफ्रिदी, ड्वाइन ब्राभो र केइरन पोलार्ड छन्।

 

सेतोपाटीबाट सभार  

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *