आफ्नै घरमा भारत बाङ्लादेशसँग बराबरीमा रोकियो !

आफ्नै घरेलु मैदानमा भएको खेलमा भारत हारबाट जोगिएको छ।  खेल सकिन दुई मिनेट बाँकी रहँदा आदिल खानल गोल गरेपछि भारत दक्षिण एसियाली टोली बंगलादेशसँगको सम्भावित हारबाट जोगिएको हो ।

खेल १–१ गोलको बराबरीमा टुंगियो । बंगलादेशले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितबाट वञ्चित बन्यो । यद्दपि बंगलादेशले समूह ‘एफ’ मा ३ खेलबाट पहिलो अंक जोड्न सफल भयो । भारतको ३ खेलबाटै २ अंक रहेको छ ।

खेलको ४१औं मिनेटमा साद उद्दिनको हेडर गोलबाट बंगलादेशले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले पछि परेपछि भारतले दोस्रो हाफमा बंगलादेशमाथि बल पोजेसनमा पकड जमाएपनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । ५१औं मिनेटमा मोहम्मद जिवनले गोलको सुन्दर मौका खेर फाल्दा बंगलादेश अग्रता दोब्बर पार्नबाट चुक्यो । ५४औं मिनेटमा मोहम्मद इब्राहिमको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

६०औं मिनेटमा भारत बराबरी गोलबाट चुक्यो । एनासको प्रहारलाई बंगलादेशका विप्लो अहमदले गोललाईबाट बचाउदै सम्भावित बराबरी टारेका थिए । ७३औं मिनेटमा मोहम्मद जिवनको प्रहारलाई आदिल खानले गोललाइबार्ट क्लियर गरिदिए ।

८८औं मिनेटमा आदिल खानले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याए त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *